Wednesday, May 20, 2026
वंशावली वृक्ष
https://tree.hamrocamera.com/#/share?title=%E0%A4%AE%E0%A5%82%E0%A4%B2%20%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A5%8D%E0%A4%96%E0%A4%BE%20%20-%20%E0%A4%AD%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%B0%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9&storeId=cc8db86c7f506b5693558d4b83dce7110323f916e8fa048ceab7f5e9d35831aa__a09bef19-963d-4a75-bd3c-6bd86991e153&creator=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6%20%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%20%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0(%E0%A4%B6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%95%E0%A4%BE%E0%A4%B0)&members=72
Monday, May 18, 2026
भावपूर्ण स्मरण पत्र
.।। भावपूर्ण स्मरण पत्र ।।
![]() |
| स्व. श्रीमती मान कुमारी शिल्पकार (श्रेष्ठ) |
परमपूज्य आमा
स्व. श्रीमती मान कुमारी शिल्पकार (श्रेष्ठ)
(स्वर्गारोहण: २७ फागुङ २०८२ शितला अषटमी)
हामीलाई यो धर्तीमा अवतरण गराएर संसार देखाउने, ममताको खानी एवं साक्षात् शक्तिकी स्वरूप हाम्री प्यारी आमा!
हजूरले आफ्नो भौतिक शरीर त्याग गरेर महाप्रस्थान गर्नुभएको पनि आज दुई मास नाघिसकेको छ। हे आमा! तपाईं हामीलाई छाडेर जानुभएको यतिका दिन भइसक्दा पनि आजसम्म सपनामा समेत किन एक पटक आउनुभएन? किन आमा? म मान्दछु आमा, तपाईं आज हाम्रा माझ हुनुहुन्न, तर तपाईंको स्नेह, त्याग र आदर्श हाम्रा लागि सधैं मार्गदर्शन बनिरहेका छन्। तर आमा, यतिका दिनसम्म सपनामै भए पनि हजुरको दिव्य अनुहारको दर्शन पाउन नसक्दा यो मन साह्रै रुन्छ आमा, साह्रै नै रुन्छ! छिनछिनमा यो मन भक्कानिएर मुटु नै फुट्ला जस्तै गरी गाँठो पर्छ। चन्द्रमाको प्रभावले समुद्रमा छालहरू उर्लिएझैं, हजुरको सम्झनामा मेरो मनमा पनि असंख्य पीडाका छालहरू उर्लेर आउँछन्, अनि गहभरि आँसु छचल्किन्छ। आमा, म के गरूँ?
म अब अबोध बालक पनि त होइन। मलाई यो पनि राम्रोसँग थाहा छ कि मानिसले जन्मँदै मृत्युको तिथि-मिति लिएर आएको हुन्छ। यो शरीर नश्वर छ र जन्म लिएपछि एक दिन नष्ट भएर जानु प्रकृतिको शाश्वत नियम हो। हामी सबै यही प्रकृतिको नियममा बाँधिएका छौं। मलाई यी सबै कुराको ज्ञान हुँदाहुँदै पनि म हजुरलाई भुल्न सकिरहेको छैन आमा, म के गरूँ? भन्नुस् न आमा, म के गरूँ?
त्यसैले, आज श्री ३ कलङ्की( कल्खु अजिमा) आमाकै काखमा बसेर हजुरकै न्यास्रो र सम्झनामा डुबेर गहभरी अश्रुधारा बगाउदै यो भावपूर्ण स्मरण पत्र लेख्दैछु। कल्खु अजिमा यो पत्र हजुर सम अवस्य पुर्याउने छन् भन्नेमा म आश्वस्त छु ।आमा, तपाईंलाई अक्षर वाचन गर्न आउँदैन, त्यसैले त्यहाँ हजुरसँगै रहनुभएका आदरणीय दाजुहरू प्रेम र रमेशलाई यो पत्र पढ्न लगाउनुहोला आमा! अनि तपाईंको यो मायालु र टुहुरो छोराको अक्षम्य पीडालाई सम्झेर, एक पटक भए पनि आकाशको त्यो बादल चिर्दै मेरो सपनामा आइदिनुस् आमा! आएर मेरो शिरमा हजुरको त्यो ममतामयी हातले सुमसुम्याइदिनुस् है आमा, सुमसुम्याइदिनुस्!
आजलाई बिदा आमा...!
हजुरको असीम न्यास्रोमा तड्पिरहेको मायालु टुहुरो छोरा,
प्रकाशमान शिल्पकार
इति: २०८३ साल ज्येष्ठ ४ गते, ज्येष्ठ शुक्ल द्वितीया (पुरुषोत्तम मास)
नेपाल संवत् ११४६ अनलाथ्वः द्वितीया, सोमबार।
Saturday, May 16, 2026
आमाको सम्झना : मलेवाको रुपमा आएकी दिदी
*आमाको सम्झना : मलेवाको रुपमा आएकी दिदी*
![]() |
| स्व. चम्मपा दिददि |
मेरो खुट्टा भाँच्दाको दिन,
जीवनले मलाई पीडाको बाटो देखायो।
सिंहदरवारको जेब्राक्रसमा मोटरसाइकलको ठक्करले
शरीर ढल्यो, तर मनमा एउटा भरोसा बाँकी रह्यो—
आमाको आशीर्वादले मलाई बचाउँछ।
वीर अस्पतालको वार्डदेखि बालाजुको शल्यकक्षसम्म,
दिदी, भान्जा, साथी महेन्द्रको दौडधुपले
मलाई एक्लो हुन दिएन।
मोटरसाइकल चालक भाइले समेत
आफ्नै दाजु-भाइ ठानेर उपचारको भार बोके।
त्यो मानवीयता देखेर लाग्यो—
दुर्घटनामा पनि देवता भेटिन्छन्।
डिस्चार्ज भएर दिदीको घरमा बस्दा,
खुट्टा निको हुँदै थियो, मन भने एक्लो थियो।
त्यही बेला पाछे गल्लीको डेरामा
एउटा मलेवा नियमित रूपमा आउन थाल्यो।
खुत्रुक्क-खुत्रुक्क आवाज गर्दै
ओछ्यान छेउमा बसेर मलाई हेरिरहन्थ्यो।
दिनभर बस्ने, साँझ परेपछि जाने,
बिहान फेरि आउने।
पुष्प दिदीले प्लेटमा राखिदिएको खाना मात्र खान्थ्यो।
भुइँको खाना छुँदैनथ्यो— मानौं उसलाई पनि मर्यादा थाहा थियो।
आमाले भन्नुहुन्थ्यो,
“ल बाबु, तिम्रो मरिसकेको चम्पा दिदी
तिमीलाई हेर्न आएकी हो।”
आमाको विश्वास थियो—
त्यो मलेवा सामान्य पन्छी होइन,
मेरो दिदीको आत्मा हो।
ओछ्यानमा बिस्टा गरेर फोहोर गर्दा पनि
आमा रिसाउनुहुन्थेन, बरु मुस्कुराउनुहुन्थ्यो।
“छोरीको माया यस्तै हुन्छ बाबु,” भन्नुहुन्थ्यो।
ठूली आमाकी छोरी न्हुच्छे दिदीको मृत्यु भएको दिनदेखि
त्यो मलेवा आउन छोड्यो।
आज आमा पनि हुनुहुन्न।
तर मलाई लाग्छ—
स्वर्गमा आमा र छोरीको भेट भएको छ।
र आमाले मलाई भन्नुहुन्छ होला,
“हेर बाबु, तिम्रो दिदीले मलेवाको रूपमा
तिम्रो खुट्टा भाँच्दा पनि तिम्रो माया छोडिन।”
त्यो मलेवा मेरो लागि केवल पन्छी थिएन।
त्यो थियो— आमाको माया,
दिदीको सम्झना,
र जीवनले दिएको एउटा अनौठो सान्त्वना।
~०~
#आमाकोजिवनवृतन्तसंगगाँसिएको
Tuesday, May 12, 2026
मेरो आमाको अन्तिम शरण तिमी
-
![]() |
| कल्खु अजिमा(श्री कलङ्की माई) |
मेरो आमाको अन्तिम शरण तिमी
* स्तुति*
*ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे*
*जय जय जगदम्बे कलङ्की माई,*
*शक्ति रुपिणी, करुणा सिन्धु रे।*
*कलङ्क नाश गर्ने कल्याणी माता,*
*भक्तको कष्ट हर्ने तारणी माता॥१॥*
*कलङ्की पर्वतमा विराजमान भई,*
*भक्तजनको रक्षा गर्दछौ सधैं।*
*दीन-दुखीको नाथ, अनाथकी माता,*
*मेरो आमाले खोजेको तिम्रै छाया॥२॥*
*लाल-चुनी, सिन्दुर, माला लाएर,*
*त्रिशूल-डमरु धारण गरी आएकी।*
*महिषासुर मार्ने दुर्गा भवानी,*
*मेरो आमाको अन्तिम शरण तिमी॥३॥*
*हे माँ! मेरो आमा मानकुमारीले,*
*१०५ वर्षसम्म तिम्रो दर्शन गरिन्।*
*व्हिलचियरमै भए पनि तिम्रो द्वारमा,*
*अन्तिम जल लिएर शीतल भइन्॥४॥*
*अब हे माँ! मेरो आमाको आत्मालाई,*
*तिम्रो चरणमा स्थान दिनू होला।*
*भवसागर तारेर वैकुण्ठ पुर्याऊ,*
*पुनर्जन्ममा पनि भक्त बनाऊँ॥५॥*
*म पनि एक्लो छु हे माँ जगदम्बे,*
*अब तिम्रै शरणमा छु म सधैं।*
*जस्तो आमालाई पाल्यौ करुणाले,*
*त्यस्तै मलाई पनि पाल्नू होला॥६॥*
*ॐ ऐं ह्रीं क्लीं कलङ्की देवै नमः*
*ॐ शान्ति: शान्ति: शान्ति:*
---
Friday, May 8, 2026
आमा
आमा पुकारेँ तिमीलाई मैले, किन कुनै उत्तर दिएनौ तिमीले ? बादलपारि लुकेर कति बस्छौ आमा, एकपटक बादल चिरेर हेरिदेऊ न मलाई ।। तिम्रो सम्झनाले रातभरि निदाउन दिँदैन, मनभित्र पीडाको हुरी चलिरहन्छ । तिमी नभएको यो संसार सुनसान लाग्छ, आँखाभरि आँसु बनी तिम्रै याद झरिरहन्छ ।। आमा... तिम्रो त्यो मायालु स्वर सुन्न मन छ, टाउको सहलाउँदै “छोरा” भनेको सुन्न मन छ । एक झल्को भए पनि देखिदेऊ न आमा, तिम्रो अभावले यो मन रोइरहेछ ।। जुनतारा झैँ टाढा भए पनि आमा, मेरो हरेक सासमा तिमी नै छौ । बादल चिरेर आशिष बनि झरिदेऊ, तिम्रो मायाले अझै बाँचेको छु म ।।
~०~
Saturday, May 2, 2026
हे आमा
हे आमा
बछलाथ्व पुन्हिको जून हेरेँ,_
तिम्रो मुहार जस्तै लाग्यो।_
कलंकी माताको तोरण हेरेँ,_
तिम्रो काख जस्तै लाग्यो।_
पुजारीले घण्ट बजाए,_
_तिम्रो सुत्केरी व्यथा सम्झेँ।_
सपनामा नआए पनि के भो,_
मेरो मुटुको धड्कनमा छौ।_
आँसु बनेर बग्यौ भने पनि,_
_मेरो गालामा तिम्रै हात छ।_
एकदिन भेट हुन्छ नै आमा,_
कलखु आजिमाको काखमा,_
चण्डेश्वरीको ज्योतिमा,_
बुद्धको शान्तिमा।_
~०~
आमा
आमा 😪
आमा… तिम्रो सम्झनाले तड्पाइरहेछ यो मन,
तिम्रै मायाको छायाँ खोज्छ दिनरात झन्।
आमा… फर्की आऊ न एकछिन सपनामा,
यो विरह सहन गाह्रो भयो अब त मनमा।
तिम्रै यादमा मुटु गाँठो परेझैँ हुन्छ,
मनभित्र पीडाले सधैं पोलिरहन्छ।
समुद्रको ज्वारभाटाजस्तै भक्कानो आउँछ,
आँखाभरि आँसु बनी बगिरहन्छ।
आमा… तिम्रो सम्झनाले तड्पाइरहेछ यो मन,
तिम्रै मायाको छायाँ खोज्छ दिनरात झन्।
हे आमा, किन सपनामा पनि आउँदिनौ तिमी?
एकछिन भए पनि सान्त्वना दिई जाऊ निमी।
यो एक्लोपनले मनलाई चिर्दै जान्छ,
तिम्रो अभावले जिन्दगी नै रुँदै जान्छ।
कसलाई सुनाऊँ यो मनको व्यथा,
तिमीबिनाको जीवन भयो अधुरा कथा…
आमा… एकपल्ट फर्केर हेरिदेऊ,
तिम्रो सन्तान आज पनि तिमीलाई नै खोजिरहेछ…
~०~
Thursday, March 19, 2026
मानकुमारी शिल्पकार(श्रेष्ठ)को जिवनमुक्त
आमा जिवनमुक्त हुनु भयो
रम
मेरो जीवनको एउटा प्रमुख अध्याय आज समाप्त भएको छ । आजबाट मेरो साथमा आमा रहनु भएन ।
मेरो प्रथम गुरु तथा मलाई यश धर्तिमा मानव शिशुका रुपमा अवतरण गराउनु हुने मेरो जननी मानकुमारी शिल्पकार(श्रेष्ठ)को १०५ वर्षको आयुमा यो भवसागरबाट सदा सदाका लागि विदा लिएर परमधाममा जानू भयो ।
आमा तपाईको कयौ इच्छाहरु थिए तर .. मैले तपाईका ती इच्छाहरु मध्यमा निम्नतम भन्दा निम्नतम सम्मको पनि कुनै इच्छया पुरा गर्न सकिएन, आमा मलाई माफ गरिदिनुहोस् । थाहा छ मलाई तपाईले अन्ति समय सम्ममा पनि मेरो चिन्ता लिएको छ । मेरो सुर्ता रत्ती पनि नलिनुस् है आमा । मलाई जगत जननीले हेर्नु हुनेछ आमा तपाईं मेरो कुनै चिन्ता नलिनुस शान्तिले जगत जननीको पाउमा जानुहोस् ।
आजबाट सम्झनामा मात्र रहने भयो, तपाईको स्वरुप कहिले देख्न पाउने छैन आमा , विदा !. विदा !! विदा !!! सदा सदाका लागि विदा ।
आमा जीवन मुक्त भएको दिन
११४६ चिल्लागाः अष्टमी बुधबार
२७ फागुन २०८२ तैत कृष्ण अष्टमी
😭 श्रद्धासुमन
आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मलाई छाडेर जानु भयो बादल पारी
आमा तिम्रो आत्माले शान्ति पाओस् भनी हार्दिक कामना गर्छु
आमा तिमी प्रति उच्च सम्मान सहित भावपुर्ण हार्दक श्रद्धाञ्जली अर्पण गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु
यश धर्तिमा अवतरण गराउनु हुने मेरी जननी मानकुमारी शिल्पकार(श्रेष्ठ)
एकसय पाँच वर्षको दीर्घ आयुमा यो भवसागरबाट
सदा सदाका लागि एघारसय छयालीस चिल्लागाः अष्टमी बुधबार दू दू च्याँ च्याँका दिन
विदा लिएर परमधाममा जानु भयो ।
आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मलाई छाडेर जानु भयो बादल पारी
आमा तिम्रो आत्माले शान्ति पाओस् भनी हार्दिक कामना गर्छु
आमा तिमी प्रति उच्च सम्मान सहित भावपुर्ण हार्दक श्रद्धाञ्जली अर्पण गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु
आजबाट सम्झनामा मात्र रहने भयो, तपाईको स्वरुप कहिले देख्न पाउने छैन आमा ,
विदा !. विदा !! विदा !!! सदा सदाका लागि विदा !!!!
आमा तपाईको कयौ इच्छाहरु थिए तर .. मैले तपाईका ती इच्छाहरु मध्यमा निम्नतम भन्दा निम्नतम सम्मको पनि
कुनै इच्छया पुरा गर्न सकिएन,
आमा मलाई माफ गरिदिनुहोस् ।
आमा मलाई माफ गरिदिनुहोस् ।
थाहा छ मलाई तपाईले अन्तिम समय सम्ममा पनि मेरो चिन्ता लिएको छ ।
मेरो सुर्ता रत्ती पनि नलिनुस् है आमा ।
मलाई शक्तीश्वरीमाँले हेर्नु हुनेछन्
आमा तपाईं मेरो कुनै चिन्ता नलिनुस शान्तिले
शक्तीश्वरीमाँको पाउमा जानुहोस् है आमा
आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मलाई छाडेर जानु भयो बादल पारी
आमा तिम्रो आत्माले शान्ति पाओस् भनी हार्दिक कामना गर्छु
आमा तिमी प्रति उच्च सममान सहित भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु
~०~




















