Thursday, March 19, 2026

मानकुमारी शिल्पकार(श्रेष्ठ)को जिवनमुक्त

 आमा जिवनमुक्त हुनु भयो

         रम

      मेरो  जीवनको एउटा प्रमुख अध्याय आज समाप्त भएको छ । आजबाट मेरो साथमा आमा रहनु भएन ।

       मेरो प्रथम गुरु तथा मलाई यश धर्तिमा मानव शिशुका रुपमा अवतरण गराउनु हुने मेरो जननी मानकुमारी शिल्पकार(श्रेष्ठ)को १०५ वर्षको आयुमा यो भवसागरबाट सदा सदाका लागि विदा लिएर परमधाममा जानू भयो । 
         आमा तपाईको कयौ इच्छाहरु थिए तर .. मैले तपाईका ती इच्छाहरु मध्यमा  निम्नतम भन्दा निम्नतम सम्मको पनि कुनै इच्छया पुरा गर्न सकिएन, आमा मलाई माफ गरिदिनुहोस् ।  थाहा छ  मलाई तपाईले अन्ति समय सम्ममा पनि मेरो चिन्ता लिएको छ । मेरो सुर्ता रत्ती पनि नलिनुस्  है आमा ।  मलाई जगत जननीले हेर्नु हुनेछ आमा तपाईं मेरो कुनै चिन्ता नलिनुस शान्तिले जगत जननीको पाउमा जानुहोस् ।
        आजबाट  सम्झनामा मात्र रहने भयो, तपाईको स्वरुप कहिले देख्न पाउने छैन आमा , विदा !. विदा !!  विदा !!! सदा सदाका लागि विदा ।
                          
आमा जीवन मुक्त भएको दिन                       
११४६ चिल्लागाः अष्टमी बुधबार
२७ फागुन २०८२ तैत कृष्ण अष्टमी

😭   श्रद्धासुमन

आमा तिमी मेरो साथमा रहनु भएन

आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मलाई छाडेर जानु भयो  बादल पारी
आमा तिम्रो आत्माले शान्ति पाओस् भनी हार्दिक कामना गर्छु
आमा तिमी प्रति उच्च  सम्मान सहित भावपुर्ण  हार्दक श्रद्धाञ्जली अर्पण गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु

यश धर्तिमा  अवतरण गराउनु हुने मेरी जननी मानकुमारी शिल्पकार(श्रेष्ठ)
एकसय पाँच वर्षको दीर्घ आयुमा यो भवसागरबाट
सदा सदाका लागि एघारसय छयालीस चिल्लागाः अष्टमी बुधबार  दू दू च्याँ च्याँका दिन
विदा लिएर परमधाममा जानु भयो । 

आमा तिमी मेरो साथमा रहनु भएन

आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मलाई छाडेर जानु भयो  बादल पारी
आमा तिम्रो आत्माले शान्ति पाओस् भनी हार्दिक कामना गर्छु
आमा तिमी प्रति उच्च  सम्मान सहित भावपुर्ण  हार्दक श्रद्धाञ्जली अर्पण गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु

आजबाट  सम्झनामा मात्र रहने भयो, तपाईको स्वरुप कहिले देख्न पाउने छैन आमा ,
विदा !. विदा !!  विदा !!! सदा सदाका लागि विदा !!!!

आमा तपाईको कयौ इच्छाहरु थिए तर .. मैले तपाईका ती इच्छाहरु मध्यमा  निम्नतम भन्दा निम्नतम सम्मको पनि
कुनै इच्छया पुरा गर्न सकिएन,
आमा मलाई माफ गरिदिनुहोस् । 
आमा मलाई माफ गरिदिनुहोस् । 

थाहा छ  मलाई तपाईले अन्तिम समय सम्ममा पनि मेरो चिन्ता लिएको छ ।
मेरो सुर्ता रत्ती पनि नलिनुस्  है आमा ।
  मलाई शक्तीश्वरीमाँले हेर्नु हुनेछन्
आमा तपाईं मेरो कुनै चिन्ता नलिनुस शान्तिले
शक्तीश्वरीमाँको   पाउमा जानुहोस् है आमा

आमा तिमी मेरो साथमा रहनु भएन

आमा तिमी मेरो साथमा रहनु भएन
आमा तिमी मलाई छाडेर जानु भयो  बादल पारी
आमा तिम्रो आत्माले शान्ति पाओस् भनी हार्दिक कामना गर्छु
आमा तिमी प्रति उच्च  सममान सहित भावपुर्ण  हार्दिक  श्रद्धाञ्जली अर्पण गर्छु
शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु

शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु

शक्तीश्वरीमाँको पाउमा हे आमा तिम्रो आत्मा पुगोस् भनी प्राथना गर्छु

                                  ~०~                

😭   

No comments:

Post a Comment